Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सडकको खर्च ४० प्रतिशत मात्रै

काठमाडौं । सडक तथा पुल लगायतका पूर्वाधार निर्माण गर्ने सबैभन्दा ठूलो सरकारी निकाय सडक विभागले चालु आर्थिक वर्षको साढे ९ महिनामा ४० प्रतिशत मात्रै वित्तीय प्रगति गरेको छ ।

चालु आर्थिक वर्षमा सडक विभागको पुँजीगत खर्चका लागि एक खर्ब २९ अर्ब २० करोड बजेट विनियोजन गरिएको थियो ।

विभागका महानिर्देशक सुशिलबाबु ढकालले चालु आवको साढे ९ महिनाको अवधिमा ४० प्रतिशत मात्रै पुँजीगत खर्च भएको बताए ।

‘चालु आर्थिक वर्षको हालसम्मको अवधिमा विभागको ५० प्रतिशत भौतिक प्रगति भएको छ’, उनले भने । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077