Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • आईजीपी कुँवरद्वारा ईलाका प्रहरी कार्यालय बुटवलको नवनिर्मित भवन उद्घाटन

    आईजीपी कुँवरद्वारा ईलाका प्रहरी कार्यालय बुटवलको नवनिर्मित भवन उद्घाटन

    अनलाइन नेपाल
  • बिहिबार, २१ बैशाख २०८०
  • 636
    SHARES

    रुपन्देही । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देही परिसरमा नवनिर्मित कार्यालय भवन, प्रहरी ब्यारेक, भान्सा घर तथा नागरिक सहायता कक्ष भवनको उद्घाटन गरेका छन् ।

    आईजीपी कुँवरले बिहीबार आयोजित एक कार्यक्रमबीच नवनिर्मित भवनहरुको उद्घाटन गरेका हुन् ।



    आईजीपी कुँवरले भवन निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीहरूलाई कदरपत्र तथा भवन निर्माणमा योगदान पुर्‍याउने प्रहरी कर्मचारीहरूलाई पुरस्कार समेत प्रदान गरे ।



    उक्त अवसरमा आईजीपी कुँवरले प्रहरी संगठनको क्षमता अभिवृद्धि गर्नेदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्रयोगद्वारा संगठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन प्रहरी प्रधान कार्यालय सदैव कटिबद्ध रहेको बताए ।

    आधुनिक भवनहरूसँगै प्रहरीको सेवाप्रतिको इमानदारिता, जिम्मेवारी बोध, प्रहरी आचरण र व्यवहारले प्रहरीप्रतिको जनविश्वास अभिवृद्धि गर्ने विश्वास उनले व्यक्त गरे ।

    भवनहरू सबैको साझा सम्पत्ति रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले नव निर्मित भवनहरूप्रति अपनत्वको भाव राखेर उचित संरक्षण, संवर्द्धन गर्दै दीर्घकालसम्म जर्गेनाका लागि सहयोग गर्न सवैसँग आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार