Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सशस्त्र प्रहरी हवल्दार मृत भेटिए, अनुसन्धान गर्दै प्रहरी

    सशस्त्र प्रहरी हवल्दार मृत भेटिए, अनुसन्धान गर्दै प्रहरी

    अनलाइन नेपाल
  • शनिबार, २३ बैशाख २०८०
  • 9.3K
    SHARES

    फाइल तस्विर

    बर्दिया । बर्दियामा सशस्त्र प्रहरी बलका हवल्दार मृत भेटिएका छन् ।

    जिल्ला प्रहरी कार्यालय, बर्दियाका अनुसार सशस्त्र प्रहरी हवल्दार दारासिंह थारु शनिबार मृत फेला परेका हुन् ।



    जिल्लाको बीओपी मधुवन-७ शुक्रबस्ती तारातालमा कार्यरत थारु दिउँसो बकाइनोको रुखमा झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।



    बढैयाताल गाउँपालिका मैनापोखरका ३९ वर्षीय थारु बीओपी नजिकको रुखमा पासो लगाएर झुण्डिएको जानकारी पाउन साथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट प्रहरी निरीक्षक बखतबहादुर शाहीको टोली घटनास्थल पुगेको थियो ।

    उनको शव परीक्षणका लागि जिल्ला अस्पताल गुलरिया ल्याइएको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार