Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • एमालेका प्रमुख सचेतक गिरीले भने – हामी टिकट काटेर बसेका छौं, फिल्म देखाउनुहोस्

    एमालेका प्रमुख सचेतक गिरीले भने – हामी टिकट काटेर बसेका छौं, फिल्म देखाउनुहोस्

    अनलाइन नेपाल
  • आइतबार, २४ बैशाख २०८०
  • 504
    SHARES

    काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले अहिलेसम्म भएका सबै भ्रष्टाचार र अनियमितताको छानबिन गर्नुपर्ने बताएका छन् ।

    संसदको आइतबारको बैठकमा समय लिएर बोल्दै एमाले संसदीय दलका प्रमुख सचेतक गिरीले यस्तो बताएका हुन् ।



    प्रमुख सचेतक गिरीले जुनसुकै क्षेत्रमा भएको भ्रष्टाचार र अनियमितताको छानबिन गर्न माग गरे।



    प्रमुख सचेतक गिरीले भने, ‘फिल्म हेर्न आतुर छौं, टिकट काटेर बसेका छौं । बाइड बडीको छानबिन गरौं, बाँसबारीको छानबिन गरौं, मातातीर्थको छानबिन गरौं । यती, ओम्नी र लडाकू शिविर काण्डको छानबिन गरौं ।’

    उनले जुनसुकै प्रकारका भ्रष्टाचार विषयलाई छानबिन गरी कानुनको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डलाई छानबिन गरी कारबाही गर्न चुनौती दिए ।

    उनले प्रधानमन्त्री प्रचण्डले अहिले गरेका काम टेलर मात्र भएको र फिल्म आउन बाँकी रहेको भन्ने भनाइलाई कटाक्ष गर्दै फिल्म हेर्न तयार रहेको उल्लेख गरे ।

    उनले नक्कली शरणार्थी प्रकरणमा संलग्न सबैमाथि छानबिन गर्नुपर्ने बताए । प्रधानमन्त्रीले मलाई दबाव छ भनेको भन्दै उनले कसले दबाव दिएको हो संसदलाई जानकारी दिन माग गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार