Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • चित्रबहादुर केसीले भने – नक्कली भुटानी शरणार्थी प्रकरण काण्ड हो, यसको छानविन हुनुपर्छ

    चित्रबहादुर केसीले भने – नक्कली भुटानी शरणार्थी प्रकरण काण्ड हो, यसको छानविन हुनुपर्छ

    अनलाइन नेपाल
  • सोमबार, २५ बैशाख २०८०
  • 498
    SHARES

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नक्कली भुटानी शरणार्थी प्रकरण काण्ड भएकाले यसको छानविन हुनुपर्ने माग गरेका छन् ।

    सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद केसीले यस्तो बताएका हुन् ।



    सांसद केसीले भने,‘नक्कली भुटानी शरणार्थीका नाममा नेपालीहरूलाई बेच्ने गरेको त्यो पनि राज्यसत्तामा महत्त्वपूर्ण ठाउँमा बस्ने गरेका मान्छेले भन्ने कुरालाई लिएर सदन तातेको छ । यसभन्दा पहिले पनि नेपालका शासकहरू, राज्यसत्तामा बस्नेहरूले गर्नु नगर्नु गर्ने गर्दा यसै गरेर सदन तातिन्थ्यो ।’



    सांसद केसीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे छानविन गरी दोषीमाथि कारबाही गर्न माग गरे । पहिला पनि यस्तै काण्डहरू आउने र विस्तारै सेलाउँदै जाने गरेको सांसद केसीको भनाई छ ।

    सांसद केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दूघको दूध र पानीको पानी छुट्याउनुपर्ने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार