Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • स्वास्थ्यमन्त्री बस्नेतले गरे आफ्नै मन्त्रालयमा छड्के अनुगमन

    स्वास्थ्यमन्त्री बस्नेतले गरे आफ्नै मन्त्रालयमा छड्के अनुगमन

    अनलाइन नेपाल
  • सोमबार, २५ बैशाख २०८०
  • 615
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा आकस्मिक अनुगमन गरेका छन् ।

    मन्त्री बस्नेतले सोमबार आफू मातहत रहेको मन्त्रालय र विभिन्न विभागहरुमा पुगी छड्के निरीक्षण गरेका हुन् ।



    उनले आफ्नै मन्त्रालयमा अधिकांश सचिवदेखि कर्मचारी समयमा नै कार्यालय नपुगेको पाइएपछि फोन गरेर नै जानकारी लिएका थिए ।



    मन्त्रालयभित्रै आकस्मिक अनुगमन गरेपछि उनी टेकुस्थित विभिन्न विभाग पुगेर आकस्मिक अनुगमन गरेका थिए ।

    विभिन्न विभागहरुमा पनि समयमा नै कर्मचारी नपुगेको जानकारी पाएपछि मन्त्री बस्नेतले यस बिषयमा मन्त्रालयमा जानकारी गराउन निर्देशन समेत दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार