Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • रास्वपालाई सर्वोच्चले भन्यो – विन्दावासिनीलाई सांसद बनाउने निर्णय तत्काल कार्यान्वयन नगर्नू

    रास्वपालाई सर्वोच्चले भन्यो – विन्दावासिनीलाई सांसद बनाउने निर्णय तत्काल कार्यान्वयन नगर्नू

    अनलाइन नेपाल
  • सोमबार, २५ बैशाख २०८०
  • 645
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की विन्दाबासिनी कंसाकारलाई सांसद बनाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

    सर्वोच्चले प्रतिनिधिसभा सदस्य पदमा कसांकारलाई स्थापित गर्ने रास्वपाको निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो । सांसद रहेका ढाकाकुमार श्रेष्ठलाई रास्वपाले कारबाही गरेर उनको ठाउँमा कंसाकारलाई सांसद बनाउन निर्वाचन आयोगमा पत्र दिएको थियो ।



    श्रेष्ठको ठाउँमा कंसाकारलाई सांसद् बनाउन रास्वपाले निर्वाचन आयोगमा पत्र दिएको थियो । ढाकाकुमार श्रेष्ठले आफूलाई फसाउन षड्यन्त्र भएको भन्दै अदालतबाट क्लिन चिट लिएर आउने दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।



    ढाकाको रिटमाथि सोमबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलालले यसबारे १५ दिनभित्र जवाफ पेश गर्न रास्वपाको नाममा आदेश दिएको छ ।

    साथै कंसाकारसम्बन्धी पत्राचार एवं काम कारबाहीहरु थप कार्यान्वन नगरी हाल जे जस्तो अवस्थामा छ सोही अवस्थामा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आफूलाई सांसद पदबाट हटाउने निर्णय अन्तरिम आदेशमार्फत् रोक लगाउन माग गर्दै श्रेष्ठले दिएको निवेदनमा सुनुवाइ गर्दै त्यसबारे आगामी जेठ ५ गते निर्णय दिने जनाएको छ । सर्वोच्चले उक्त दिनका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार