Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ढाकाकुमार भन्छन् – म एउटा सोझो नेवारको छोरालाई नियोजित रुपमा फसाइयो

    ढाकाकुमार भन्छन् – म एउटा सोझो नेवारको छोरालाई नियोजित रुपमा फसाइयो

    अनलाइन नेपाल
  • मंगलबार, २६ बैशाख २०८०
  • 663
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कारबाहीमा परेका सांसद ढाकाकुमार श्रेष्ठले सत्य शाश्वत हुने भन्दै त्यसमा बोलिरहनु नपर्ने टिप्पणी गरेका छन् ।

    सर्वोच्च अदालतले सांसद पद खारेज गर्ने रास्वपाको निर्णयमाथि सोमबार अल्पकालीन अन्तरिम आदेश गरेसँगै श्रेष्ठले यस्तो टिप्पणी गरेका हुन् । उनले असत्यले केही समय भ्रम छरे पनि बिस्तारै सत्यले त्यो भ्रम तोड्दै जाने बताए । फोहोरी राजनीतिलाई सफा गरौँ भन्ने संकल्पले रास्वपासँग जोडिएपनि आफूमाथि षडयन्त्र भएको उनको भनाइ छ ।



    जसको कोही हुँदैन उसको साथमा भगवान हुन्छन् भन्ने सन्देश अदालतको आदेशले दिएको श्रेष्ठले सामाजिक सञ्जालमार्फत बताएका छन् ।



    ‘म भर्खरै राजनितीमा आफ्नो भविष्य खोज्दै गरेको यूवालाई जसरी कलिलो मुनामै निमुठ्ने कोशिस गरियो यो राष्ट्रका लागी र भावी यूवा पुस्ता जो राजनितीमा आउन चाहन्छन उनका लागी पनि एउटा दुखद सन्देश हो । जस्को कोही पनि हुदैन उस्को साथमा भगवान हुन्छन । जव दुनिया नै तपाईको बिरुद्धमा लाग्छ तव तपाई सही मार्गमा हुनुहुन्छ भनेर बुझ्नुहोस,’ उनले उल्लेख गरेका छन् ।

    मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग आर्थिक बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई सांसद पदबाट हटाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार