Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • संसदमा प्रेम सुवालको प्रश्न – नक्कली भुटानी शरणार्थी बनाई मानव बेचबिखन गर्ने को हुन् ?

    संसदमा प्रेम सुवालको प्रश्न – नक्कली भुटानी शरणार्थी बनाई मानव बेचबिखन गर्ने को हुन् ?

    अनलाइन नेपाल
  • मंगलबार, २६ बैशाख २०८०
  • 471
    SHARES

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अरबौँ ठगी गर्नेहरूलाई सार्वजनिक गर्न माग गरेका छन् ।

    मङ्गलवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवालले यस्तो आग्रह गरेका हुन् ।



    सांसद सुवालले भने– ‘नेपालीलाई भुटानी शरणार्थी बनाई मानव बेचबिखन गर्ने र अरबौँ ठगी गर्नेहरू को को हुन ? प्रधानमन्त्रीज्यूले फिल्म देखाउने भन्नुभएको थियो, अहिले दाहालजी, देउवाजी र ओलीजीको मिटिङ भइरहेको त्यो फिल्म देखाउनकै लागि हो कि ?’



    सुवालले भ्रष्टाचार प्रकरणमा प्रधानमन्त्रीले कहिले फिल्म देखाउने ? भन्दै व्यंग्य गरे।

    नक्कली शरणार्थी प्रकरणमा केही शीर्ष नेताको नाम मुछिएपछि प्रधानमन्त्री प्रचण्डले यो ट्रेलरमात्र भएको भन्दै फिल्म देखाउन बाँकी रहेको बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार