Online Nepal
  • शुक्रबार, २३ साउन २०८२
  • प्रभास स्टारर फिल्म ‘आदिपुरुष’को ट्रेलर रिलिज (भिडिओ)

    प्रभास स्टारर फिल्म ‘आदिपुरुष’को ट्रेलर रिलिज (भिडिओ)

    अनलाइन नेपाल
  • बुधबार, २७ बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । दक्षिण भारतीय अभिनेता प्रभास, कृति सेनन सैफ अली खानको बहुप्रतिक्षीत फिल्म ‘आदिपुरुष’ को ट्रेलर सार्वजनिक भएको छ।

    मंगलबार टि सिरिज युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।



    तीन मिनेटभन्दा लामो यो ट्रेलरमा राघवको भूमिकामा प्रभास, जानकीको भूमिकामा कृति सेनन, लक्ष्मणको चरित्रमा सन्नी सिंह र लंकेशको भूमिकामा सैफअली खान छन् ।

    हिन्दू धर्मग्रन्थ रामायणमा आधारित फिल्मको ट्रेलरमा सीता हरणको प्रसंगलाई देखाइएको छ ।

    असार १ गते प्रदर्शन हुने फिल्म हिन्दी, तेलुगू, तमिल, कन्नड र मलयालम भाषामा रिलिज हुनेछ ।

    फिल्ममा कृति, प्रभास, बाहेक सैफअली खान, अमिताभ बच्चन, काजोल, सन्नी सिंह, कीर्ती सुरेश, सोनल चौहान, वत्सल सेठ र तृप्ती तोरडमलको पनि अभिनय रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार