Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • घुस असुल्न ट्याक्सी चढेर म्यानपावर धाउँदै बैदेशिकका हाकिमहरु, भागवण्डा सचिवसम्म

    घुस असुल्न ट्याक्सी चढेर म्यानपावर धाउँदै बैदेशिकका हाकिमहरु, भागवण्डा सचिवसम्म

    अनलाइन नेपाल
  • बुधबार, २७ बैशाख २०८०
  • 10.5K
    SHARES

    काठमाडौं । देशको अर्थतन्त्रलाई संकटबाट जोगाएको बैदेशिक रोजगार ब्यवसाय गर्नेहरुलाई बैदेशिक रोजगार बिभागले प्रोत्साहित गर्नुपर्नेमा हतोत्साही पार्ने काम गरेको छ ।

    बैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्य, निर्देशक कृष्णप्रसाद भूसाल अर्का निर्देशक गोपालराज तिमल्सिना र शाखा अधिकृत प्रदीपराज ढकालको समूहले बैदेशिक रोजगार ब्यवसायीहरुलाई सानो सानो त्रुटिमा समेत दुःख दिने र दररेट अनुसार घुस असुली गर्ने गरेका छन् ।



    नक्कली भूटानी शरणार्थी प्रकरणमा अमेरिका पठाउने नाममा ठगीधन्दामा संलग्न हाइप्रोफाइलहरु पक्राउ परिरहँदा बैदेशिक रोजगार विभाग र विभागकै काठमाडौं कार्यालय ताहाचलमा भने घुसखोरी मौलाउँदै आएको छ ।



    एक व्यवसायीका अनुसार विभागमा पछिल्ला दिनमा म्यानपावर दर्ता गर्दा १२ लाख रुपैयाँ घुसको दररेट कायम गरिएको छ । घुस नदिएसम्म सबै कागजात पूरा गर्दा पनि म्यानपावर दर्ता हुँदैन । तर, विभागका बिचौलियालाई १२ लाख घुस दिएपछि कागजात पूरा नगरे पनि म्यानपावर दर्ता हुन्छ ।

    विभागका महानिर्देशक आचार्य, भूसाल, तिमल्सिना र ढकालको समूह हरेक दिन अपरान्ह ४ बजे म्यानपावरहरुका कार्यालय कार्यालयमा ट्याक्सीमा जाने गरेको स्रोत बताउँछ । कार्यालयको गाडीमा जाँदा मिडियाले खोजीनीति गर्न थालेपछि उनीहरु ट्याक्सीमा जाने र कारबाहीको धम्की दिंदै न्यूनतम १ लाखदेखि ३ लाख रुपैयाँसम्म असुली गर्ने गरेको विभाग स्रोतले बताएको छ ।

    विभागको बुद्धनगर र काठमाडौ कार्यालयमा विगत १२ बर्षदेखि कार्यरत अर्बपति अधिकृत प्रदीपराज ढकाल र उनका आफन्तको नाममा थुपारेको सम्पत्ति मात्र छानबिन गर्ने हो भने सानो सानो आयोजना नै निर्माण हुने श्रम मन्त्रालयका एक अधिकारी बताउँछन् ।

    विभागका निर्देशक कृष्णप्रसाद भूसाल, अधिकृत प्रदीपराज ढकाल र ताहाचल कार्यालयका निर्देशक बसन्त बोहराले ब्यवसायीलाई दुःख दिने, कामदार पठाउन श्रम इजाजत अनुमति नै नदिएका देशमा श्रम स्वीकृति दिने जस्ता क्रियाकलाप गर्ने गरेका गुनासा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालसँग पुग्द पनि उनले बेवास्ता गर्ने गरेका छन् ।

    भूसाल, ढकाल र बोहराको समूहले संकलन गरेको घुसको आधा हिस्सा सचिव अर्याललाई बुझाउने गरेका कारण उनीहरुका बारेमा धेरै गुनासा आउँदा पनि सुनुवाई नगरी संरक्षण गरेका छन् । यो समूहले विभाग र ताहाचलमा हरेक काममा दैनिक लाखौं घुस संकलन गर्ने गरेका छन् ।

    एउटै म्यानपावर दर्तामा १० लाख लिने गरेको यो समूहमा निर्देशक तिमल्सिना समेत संलग्न छन् । निर्देशक गोपाल तिमल्सिना राहत तथा उद्दार शाखाका प्रमुख हुन् । उनलाई पनि एकनारायण अर्यालले संरक्षण गर्ने गरेका छन् । उनी विभागमा सरुवा भएर आएको एक बर्ष पुगेको छ । तर, त्यहाँबाट सरुवा हुनुको सट्टा उनी असुलीमै ब्यस्त छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनसम्पर्क हुने कार्यालयका काम छिटोछरितो र विना झन्झट काम गर्न निर्देशन दिए पनि बैदेशिक रोजगार बिभाग अन्तर्गतको काठमाडौं कार्यालय ताहाचलका कर्मचारीहरुले दुःख र सास्ती दिन छाडेका छैनन् । बैदेशिक रोजगारमा जाने कामदारको श्रम स्वीकृति लिनका लागि बैदेशिक रोजगार कार्यालय ताहाचलका प्रत्येक शाखाका अधिकृत र नासुलाई घुस खुवाउनुपर्ने बाध्यता छ ।

    सरकारले फ्री भिसा फ्री टिकटमा कामदारलाई विदेश पठाउनू भन्छ । तर, बैदेशिक रोजगार कार्यालय ताहाचलमा कामदारको श्रम स्वीकृतिका लागि प्रत्येक शाखामा घुस बुझाउनुुपर्छ । ‘फुलिष्टप’ र ‘कमा’ समेत हेरेर ‘यो’ र ‘ऊ’ मिलेन भनेर घुस मागेर हैरान पार्ने गरिन्छ । घुस दिएमा एउटा कामको लागि कामदार मागेको भए पनि अर्कै कामको श्रम स्वीकृति समेत दिने गरिएको छ ।

    रमेश अर्याल बैदेशिक रोजगार कार्यालय ताहाचलको प्रमुख हुँदा अनलाइन सिष्टम प्रभावकारी रुपमा लागू गरी श्रम स्वीकृतिका क्रममा हुने घुस असुली नियन्त्रण भएको थियो ।

    तर, श्रम सचिव एकनारायण अर्यालले रमेश अर्यालबाट मासिक रुपमा भाग नपाएपछि उनलाई हठात् सरुवा गरी उपसचिव बसन्त बोहरालाई पठाएका थिए । बोहराले हरेक शाखाका अधिकृत र नासुलाई घुसको दररेट तोकेका छन् । देखावटीका लागि केशवप्रसाद बिमलीलाई कार्यालय प्रमुख बनाए पनि सबै हर्ताकर्ता भने बोहरा हुन् ।

    मन्त्रालयका सचिव अर्याललाई हप्तावारी दररेट बुझाउनुपर्छ भन्दै उनले हरेक शाखालाई दररेट तोकेका छन् । काठमाडौं कार्यालयमा बोहरा र बैदेशिक रोजगार विभागमा कृष्णप्रसाद भूसाल, ढकाल र तिमल्सिनाले घुस संकलन गरी सचिव अर्याललाई बुझाउने गरेको स्रोत बताउँछ ।

    स्रोत भन्छ–‘काठमाडौं कार्यालय ताहाचल र शंखमूलस्थित बिभागबाट एक हप्तामा मन्त्रालयमा १० लाख दररेट बुझाउने गरेका छन् । बैदेशिक रोजगार कार्यालय काठमाडौंका प्रमुख बसन्त बोहराले नेपालले श्रम इजाजत नै नदिएका बेलारुसलगायतका मुलुकमा समेत श्रम स्वीकृति दिने गरेका छन् । यसरी नेपालले बैदेशिक रोजगार अनुमति नदिएको बेलारुसमा ५० हजार रुपैयाँसम्म घुस लिएर श्रम स्वीकृति दिएकाले बेलारुसमा सयौं कामदार अलपत्र छन् ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार