Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मौद्रिक नीति समीक्षा : राष्ट्र बैंकले १ प्रतिशत घटायो बैंकदर

    मौद्रिक नीति समीक्षा : राष्ट्र बैंकले १ प्रतिशत घटायो बैंकदर

    अनलाइन नेपाल
  • शुक्रबार, २९ बैशाख २०८०
  • 660
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदर १ प्रतिशत घटाएको छ ।

    शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंकदरलाई ८.५ प्रतिशतबाट घटाएर ७.५ प्रतिशत कायम गरेको हो ।



    दैनिक तरलता सुविधालाई नीतिगत दरमा प्रदान गरिने व्यवस्थालाई निरन्तरता दिएको छ ।



    यस्तै, अर्थतन्त्रको वास्तविक क्षेत्रमा देखिएको शिथिलतालाई दृष्टिगत गरी कर्जाको पुन:तालिकीकरण र पुनः संरचना गर्ने व्यवस्था गरेको छ ।

    यो सुविधा होटल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रका कम्पनीले मात्रै पाउने छन् । अन्य क्षेत्रको कर्जाको लागि भने ५ करोडसम्मको कर्जाले यस्तो सुविधा पाउने छन् ।

    मौन्द्रिक नीतिले सेयर कर्जा र धितो भने यथावत् नै राखेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार