Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • गर्भपतन गराएको निहुँमा प्रेमिकालाई गोली हानी हत्या

    गर्भपतन गराएको निहुँमा प्रेमिकालाई गोली हानी हत्या

    अनलाइन नेपाल
  • शनिबार, ३० बैशाख २०८०
  • 1.4K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा एक व्यक्तिले आफ्नी २६ वर्षीया प्रेमिकालाई आफ्नो इच्छाविपरीत गर्भपतन गराएको थाहा पाएपछि गोली हानेर हत्या गरेका छन् ।

    डलास प्रहरीका अनुसार २२ बर्षीय ह्यारोल्ड थम्पसनले स्ट्रिप मलको पार्किङमा ग्याब्रिएला गोन्जालेजलाई गोली हानी हत्या गरेका हुन् ।



    पक्राउ पुर्जीमा जनाइए अनुसार गोन्जालेज कोलोराडोमा लगभग ८०० माइलको यात्रापछि अघिल्लो साँझ फर्केका थिए ।



    कोलोराडोमा गर्भावस्थाको कुनै पनि चरणमा गर्भपतन गर्न अनुमति दिइन्छ । टेक्सासमा मेडिकल इमर्जेन्सी नआएसम्म करिब छ हप्तापछि गर्भपतन गैरकानुनी छ ।

    शपथपत्रमा भनिएको छ, “संदिग्ध व्यक्ति बच्चाका पिता भएको यो विश्वास गरिएको छ ।” न्युयोर्क पोस्टका अनुसार आरोपितले गोन्जालेजलाई गर्भपतन गराउन चाहेका थिएनन् । गोन्जालेजको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार