Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कांग्रेस नेतृ आरजुले भनिन् – छोरा जयविरको कसम, शरणार्थी प्रकरणमा एक पैसा खाएको छैन

    कांग्रेस नेतृ आरजुले भनिन् – छोरा जयविरको कसम, शरणार्थी प्रकरणमा एक पैसा खाएको छैन

    अनलाइन नेपाल
  • शनिबार, ३० बैशाख २०८०
  • 4.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूले कसैको एक पैसा पनि नखाएको बताएकी छिन् ।

    हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा सांसदसमेत रहेकी डा. आरजुले भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएपछि यस्तो बताएकी हुन् ।



    उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफलेू कसैको एक पैसा पनि नखाएको बताइन् । ‘म मेरो छोरो जयविरको कसम खाएर भन्छु भुटानी शरणार्थी प्रकरणमा एक पैसा खाएको छैन्,’ उनले भनिन् ।



    दुई करोड आएको भन्ने अडिओ फेक भएको समेत उनले बताइन् । उनले भनिन्, ‘यो अनुसन्धान नेपाल प्रहरीले मात्रै गरेको छैन् । टेकनाराण पाण्डेलाई भेट्न गएको पनि छैन् ।’

    यस्तै भ्रष्ट्राचार गर्नु आमाको रगत खानु सरह भएको सांसद राणाको भनाई छ । साथै उनले देश कर्मचारी तन्त्रका कारण विकास नभएको समेत बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार