Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • जब २२ वर्षका युवकले ४८ वर्षकी पूर्व शिक्षिकासँग गरे विवाह…

    जब २२ वर्षका युवकले ४८ वर्षकी पूर्व शिक्षिकासँग गरे विवाह…

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 2.2K
    SHARES

    एजेन्सी । २२ वर्षका एक मलेसियाली युवक र ४८ वर्षकी उनकी पूर्व शिक्षिकाबीचको विवाह पछिल्लो समय चर्चाको विषय बनेको छ ।

    मुहम्मद दानियल अहमद अलिले आफ्नी श्रीमती जामिला मोहदलाई पहिलो पटक सन् २०१६ मा भेटेका थिए । त्यति बेला जामिला उनको जुनियर हाई स्कुलमा मले भाषाकी शिक्षिका थिइन् ।



    २२ वर्षका मुहम्मदले जामिलाको सबैलाई माया गर्ने स्वभावबारे भने आफूलाई सुरुवाती समयदेखि नै याद गरेको बताए । मोहम्मद फर्म–४ कक्षामा पढिरहेका बेला यी दुईबीचको सम्पर्क तोडियो ।



    तर प्रधानाध्यापकको कार्यालयमा एक दिन अचानक जानुपर्दा उनले आफ्नी पूर्व शिक्षिकालाई याद गरेको बताए । त्यति बेला उनीहरूको ‘हाई, हेल्लो’ मात्रै भयो । तर फर्म–५ मा पुगेपछि भने मुहम्मदले जामिलालाई धेरै याद गर्न थाले ।

    त्यही वर्ष उनले मुहम्मदलाई जन्मदिनको शुभकामना दिन मेसेज गरिन् । त्यसपछि यी दुईबीच च्याटिङ हुन थाल्यो । अन्ततः मुहम्मदले जामिलालाई आफ्नो भावना व्यक्त गरे । तर जामिलाले उनको प्रस्ताव अस्वीकार गरिन् ।

    मुहम्मदको उमेर र आफूहरुबीच २६ वर्षको अन्तरका कारण जामिलाले मुहम्मदको प्रस्ताव अस्वीकार गरेकी थिइन् । जामिलाले प्रस्ताव निरन्तर अस्वीकार गरे पनि मुहम्मदको मायामा कहिल्यै कमी आएन । अन्ततः उनको मायाको अगाडि जामिला नतमस्तक भइन् । आफ्नो परिवारको सहमतिमा यी दुईले सन् २०१९ मा विवाह गर्ने योजना बनाए ।

    तर कोभिड–१९ को महामारीका कारण उनीहरुले आफ्नो विवाह सन् २०२१ का लागि सारे । यी दुईले जामेक बन्दार कोटा टिङ्गी मस्जिदमा नजिकका परिवार र साथीभाइको उपस्थितिमा विवाह गरे ।

    जामिला मोहदको सन् २००७ मा पहिलो श्रीमानसँग सम्बन्ध विच्छेद भएको थियो । त्यसयता उनी रोमान्टिक सम्बन्धभन्दा आफ्नो करियरमा केन्द्रित छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार