Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ‘नयाँ कांग्रेस’ बनाउन कांग्रेसको रूपान्तरण अभियान पक्षले देशैभरी भेला गर्ने

    ‘नयाँ कांग्रेस’ बनाउन कांग्रेसको रूपान्तरण अभियान पक्षले देशैभरी भेला गर्ने

    अनलाइन नेपाल
  • मंगलबार, २ जेष्ठ २०८०
  • 738
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षको गतिविधिप्रति असन्तुष्टि जनाउँदै इतर समूहले देशैभरी अलग्गै अभियान गर्ने भएको छ ।

    कांग्रेस पार्टीलाई कमजोर र महत्त्वहीन बनाइएको भन्दै मधु आचार्य, गुरुराज घिमिरे, रञ्जित कर्णलगायतका नेताहरुले ‘रुपान्तरण अभियान’ अन्तर्गत अभियान घोषणा गरेका हुन् ।



    काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै मधु आचार्य, गुरुराज घिमिरे, रञ्जित कर्णलगायतका नेताहरुले कांग्रेसलाई रुपान्तरण गर्नका लागि सो अभियान गर्न लागेको बताएका छन् ।



    जसअनुसार जनकपुरबाट सुरु हुने प्रदेशस्तरीय बैठक र भेला २९ जेठमा इटहरीमा पुगेर सकिने छ ।

    घोषित कार्यक्रमअनुसार जेठ ११ गते जनकपुरमा मधेस प्रदेशको भेला हुनेछ भने बाग्मती प्रदेशको भेला जेठ १६ गते काठमाडौंमा हुनेछ ।

    यसैगरी, गण्डकी प्रदेशको २० गते पोखरामा, लुम्बिनी प्रदेशको जेठ २२ गते दाङमा, कर्णाली प्रदेशका २४ गते सुर्खेतमा, सुदूरपश्चिम प्रदेशको भेला जेठ २६ गते धनगढीमा र कोशी प्रदेशको भेला २९ गते जेठमा हुने बताईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार