Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रहरी र क्यारिङ्गकर्ताबीच झडप : चार प्रहरी घाइते, पाँचजना पक्राउ

    प्रहरी र क्यारिङ्गकर्ताबीच झडप : चार प्रहरी घाइते, पाँचजना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३ जेष्ठ २०८०
  • 27.6K
    SHARES

    कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-५ स्थित सुकासालमा प्रहरी र क्यारिङ्गकर्ताबीच विवाद भएको छ ।

    गएराति भन्सार छलि गरी ल्याइरहेको सामान जाँच गर्दा पश्चिमी सीमा नाका गड्डाचौकी नजिक सुकासाल क्षेत्रमा विवादले उग्ररुप लिएपछि भएपछि प्रहरीमाथि आक्रमण भएको हो ।



    भारतबाट सामान ल्याउनेहरुले जाँचका क्रममा विवाद भएपछि सुकासालस्थित अस्थायी प्रहरी बिट ढालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।



    सुकासालस्थित अस्थायी प्रहरी बिटबाट जाँचमा खटिएका प्रहरीमाथि आक्रमण भएको कञ्चनपुर प्रहरीले जनाएको छ । सो आक्रमणमा ४ जना प्रहरी घाइते भएका छन् ।

    घटनामा संलग्न ५ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी कार्य जारी रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार