Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • जापानमा ट्रकले बसलाई ठक्कर दिँदा दुई नेपालीको मृत्यु

    जापानमा ट्रकले बसलाई ठक्कर दिँदा दुई नेपालीको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ३ जेष्ठ २०८०
  • 861
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जापानमा रोकि राखेको बसलाई ट्रकले ठक्कर दिँदा दुई नेपालीसहित तीन जनाको मृत्यु भएको छ ।

    ४० जना सवार सेन्दाईबाट इवातेका लागि हिँडेको बसमा समस्या आएपछि मियागी प्रान्तको कुरिहारा सहरको तोहोकु एक्सप्रेस वेमा जाँचका लागि रोकिएको थियो ।



    ट्रकको ठक्करबाट दुई नेपाली र एक जापानी महिलाको मृत्यु भएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।



    रोकिरहेको बसलाई तिव्र गतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको हो । जापानी सञ्चारमाध्यमका अनुसार गत दुर्घटनामा परी मृत्यु हुनेमा काभ्रेका नवराज तामाङ र युवराज थापा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार