Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • सञ्चारमन्त्री शर्माको प्रश्न – प्रविधिको प्रयोग बढ्दो छ, राजस्व घट्दो किन ?

    सञ्चारमन्त्री शर्माको प्रश्न – प्रविधिको प्रयोग बढ्दो छ, राजस्व घट्दो किन ?

    अनलाइन नेपाल
  • बुधबार, ३ जेष्ठ २०८०
  • 723
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको प्रयोग बढ्दो भएपनि राजस्व घटेको गुनासो गरेकी छन् ।

    विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर आज नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको ‘स्पेक्ट्रम म्यानेजमेन्ट’ सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।



    मन्त्री शर्माले सूचना प्रविधिसम्बन्धी सेवालाई सस्तो र गुणस्तरीय बनाउँदै सबैको पहुँचमा पुर्‍याउनुपर्ने भन्दै सरकार त्यसको लागि योजनाबद्ध रुपमा लागिपरेको बताईन् ।

    ‘प्रविधिको प्रयोग बढिरहेको छ । तर राजस्व घटिरहेको छ । यो समस्या बारे व्यापक छलफल गर्नुपर्छ,’ उनले भनिन, ‘यसलाई समाधान गर्न विशेष ध्यान दिनुपर्छ ।’

    उनले सूचना प्रविधिको क्षेत्रमा सरकारका साथै निजी क्षेत्रले पनि लगानी बढाउनुपर्ने, प्रविधिको प्रयोग दिनप्रतिदिन बढ्दै गएको भए पनि यस क्षेत्रसँग सम्बन्धित राजस्व घट्दै गइरहेको विषयमा गम्भीर छलफल हुनुपर्नेमा जोड दिईन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार