Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • एमाले नेतृत्वको कोशी सरकारबाट बाहिरिन माओवादी र जसपालाई कांग्रेसको आग्रह

    एमाले नेतृत्वको कोशी सरकारबाट बाहिरिन माओवादी र जसपालाई कांग्रेसको आग्रह

    अनलाइन नेपाल
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 687
    SHARES

    विराटनगर । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई एमाले नेतृत्वको कोशी प्रदेश सरकारबाट बाहिरिन आग्रह गरेको छ ।

    कांग्रेस कोशी संसदीय दलको बैठकले सत्ता साझेदार माओवादी केन्द्र र जनता समाजवादीलाई एमालेमाथिको समर्थन फिर्ता लिएर सरकारबाट हट्न आग्रह गरेको हो ।



    मुख्यमन्त्री हिक्मत कार्कीले सर्वदलीय सरकारमा सहभागी हुन सबै दलहरूलाई आव्हान गरेका थिए ।



    बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको बाटो खुल्ला गर्न माओवादी र जसपालाई आग्रह गरेको कांग्रेसले जनाएको छ ।

    कोशी सरकारमा माओवादीका तर्फबाट दुई र जसपाबाट एकजना मन्त्री छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार