Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भारतले अबदेखि २ हजारका नोट नचलाउने, सर्वसाधारणलाई बैंकमा जम्मा गर्न आग्रह

    भारतले अबदेखि २ हजारका नोट नचलाउने, सर्वसाधारणलाई बैंकमा जम्मा गर्न आग्रह

    अनलाइन नेपाल
  • शुक्रबार, ५ जेष्ठ २०८०
  • 3.5K
    SHARES

    एजेन्सी । भारतको केन्द्रीय बैंकले २ हजार रुपैयाँका नोट नचलाउने निर्णय गरेको छ । बिबिसी हिन्दीका अनुसार शुक्रबार अबदेखि २ हजारका नोट बजारमा नपठाउने बैंकले घोषणा गरेको हो ।

    सन् २०१६ मा नरेन्द्र मोदी सरकारले १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि भारतीय रिजर्भ बैंकले २ हजारका नोट चलनमा ल्याएको थियो।



    तर ७ वर्षमै उक्त नोट चलनचल्तीमा नरहने घोषणा गरिएको हो । रिजर्भ बैंकले सर्वसाधारणसँग भएका २ हजारका नोट बैंकमा जम्मा गर्न र बैंकहरूलाई २ हजारका नोट बजारमा नपठाउन भनेको छ ।



    शुक्रबार जारी गरेको विज्ञप्तिमा आरबीआईले यी नोटहरू वैध रहने र ३० सेप्टेम्बर २०२३ सम्म बैंकहरूमा जम्मा गर्न सकिने बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार