Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • गोकुलम आई लिगको फाइनलमा, साम्बाको उत्कृष्ट प्रदर्शन

    गोकुलम आई लिगको फाइनलमा, साम्बाको उत्कृष्ट प्रदर्शन

    अनलाइन नेपाल
  • शनिबार, ६ जेष्ठ २०८०
  • 684
    SHARES

    काठमाडौं । नेपाली टोलीकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी साम्बाको उत्कृष्ट प्रदर्शनमा गोकुलम केरला एफसी भारतीय महिला लिगको फाइनलमा पुगेको छ ।

    गोल मेसिस सावित्राले दुई गोल गर्नुका साथै दुई असिस्ट गरेपछि साविक विजेता गोकुलम केरलाले दोस्रो सेमिफाइनलमा शुक्रबार राति इस्टर्न स्पोर्टिङ युनियनलाई ५-१ ले हराउँदै फाइनल नजिक पुगेको हो । गोकुलमका लागि इन्दुमतिले पनि दुई गोल गरिन् भने एक गोल भिभिएन अडेजेईको नाममा रह्‍यो ।



    यस्तै इस्टर्न स्पोर्टिङको तर्फबाट कमला देवीले गोल गरिन् । साम्बाको टोलीले उपाधिका लागि नेपाली टोलीकै सरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टार एफसीको सामना गर्नेछ ।



    किकस्टार पहिलो उपाधि जित्ने योजना हुँदा गोकुलम भने उपाधि ह्याट्रिक गर्ने योजनामा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार