Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • डब्लूएचओको महासभामा भागलिन स्वास्थ्यमन्त्री बस्नेत जेनेभा प्रस्थान

    डब्लूएचओको महासभामा भागलिन स्वास्थ्यमन्त्री बस्नेत जेनेभा प्रस्थान

    अनलाइन नेपाल
  • शनिबार, ६ जेष्ठ २०८०
  • 537
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेका छन् ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को ७६ औँ महासभामा भागलिन मन्त्री बस्नेत जेनेभा प्रस्थान गरेका हुन् ।



    उनको साथमा मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटासहित छ जना छन् ।



    यही जेठ ७ गतेदेखि १६ गते (मे २१ देखि ३० गते) सम्म हुने सभामा डब्लूएचओको नीति निर्धारण गर्ने, वित्तिय नीतिको सुपरिवेक्षण गर्ने, र प्रस्तावित कार्यक्रम बजेटको पुनरावलोकन र अनुमोदन गर्ने जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार