Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • नीति तथा कार्यक्रमबाट ‘संघीयता’ शब्द हटाउनुपर्छ : चित्रबहादुर केसी

    नीति तथा कार्यक्रमबाट ‘संघीयता’ शब्द हटाउनुपर्छ : चित्रबहादुर केसी

    अनलाइन नेपाल
  • आइतबार, ७ जेष्ठ २०८०
  • 519
    SHARES

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नीति तथा कार्यक्रमबाट संघीयता भन्ने शब्द हटाउनुपर्ने माग राखेका छन् ।

    प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद केसीले नीति तथा कार्यक्रमको पहिलो बुँदामा उल्लेखित संघीय लोकतान्त्रिक गणतन्त्र राज्य भनी उल्लेख गरिएकोमा आपत्ति जनाएको हुन् ।



    सांसद केसीले भने, ‘हामीले संघीयताको पहिलो दिनदेखि नै विरोध गरिरहेका छौं, यो मुलुकले धान्न सक्दैन भनिरहेका छौं । यो सेतो हात्ती हो, यसले खास उपलब्धि दिन सक्दैन । विश्वका धेरै देशहरु संघीयतामा नजाँदा हुने तर नेपाल जानैपर्छ भन्ने छैन । त्यसैले संघीयता खारेज हुनुपर्छ, नीति तथा कार्यक्रमको सो बुँदा संशोधन हुनुपर्छ ।’



    आफ्नो पार्टीले सुरुआति दिन देखिनै संघीयताको विरोध गरिरहेको र विपक्षमा उभिरहेको जनाउँदै संघीयता देशले धान्न नसक्ने हुँदा यो व्यवस्था नै खारेज गर्नुपर्ने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार