Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • सावित्राको उत्कृष्ट प्रदर्शनमा गोकुलमले जित्यो आईडब्लुएलको उपाधि

    सावित्राको उत्कृष्ट प्रदर्शनमा गोकुलमले जित्यो आईडब्लुएलको उपाधि

    अनलाइन नेपाल
  • आइतबार, ७ जेष्ठ २०८०
  • 636
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनमा गोकुलम केरलाले इन्डियन वुमन्स लिगको उपाधि जितेको छ ।

    आइतबार अहमेदावादस्थित ट्रान्सस्टेडियामा भएको फाइनलमा गोकुलम केरलाले किक स्टार्टलाई ५-० गोल अन्तरले हराएर च्याम्पियन बनेको हो । गोकुलमले लगातार तेस्रो पटक उपाधि जित्दै ह्याट्रिक गर्दा फाइनलमा सावित्राले एक गोल र एक असिस्ट गरिन् ।



    सान्धिया रंगनाथनले २२औं इन्दुमती काथिरेसनले ३७औं मिनेटमा पेनाल्टीबाट गोल गरिन् । ५२औं मिनेटमा सान्धियाले व्यक्तिगत दोस्रो गोल गरिन् भने ८०औं मिनेटमा गोल गरेपछि गोकुलम केरला च्याम्पियन बन्यो । सावित्राले तेस्रो पटक आइडब्लुएलको उपाधि जितेकी हुन् ।



    गोकुलमले यसअघि सन् २०१९–२० र २०२१–२२ मा लगातार उपाधि जितेको थियो। सन् २०२०–२१ मा भने कोभिड १९ को कारण आईडब्लूएल हुन सकेन। साम्बाले घुँडाको चोटका कारण सन् २०२१–२२ को सिजन गुमाएकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार