Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप आजदेखि, किर्गिस्तानसँग भिड्दै नेपाल

    एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप आजदेखि, किर्गिस्तानसँग भिड्दै नेपाल

    अनलाइन नेपाल
  • सोमबार, ८ जेष्ठ २०८०
  • 633
    SHARES

    काठमाडौं । आजदेखि एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप–२०२३ सुरु हुने भएको छ । पहिलो दिन आयोजक नेपाल किर्गिस्तानसँग भिड्दै छ।

    नेपाल र किर्गिस्तानबीचको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा अपराह्न साढे ४ बजे सुरु हुनेछ । साविक विजेतासमेत रहेको नेपाल प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ। प्रतिस्पर्धामा आठ टोली रहेका छन् ।



    नेपालसहित किर्गिस्तान, बंगलादेश र भारत समूह ‘ए’ मा तथा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र कजाकस्तान समूह ‘बी’ मा रहेका छन् । राखेप कभर्डहलमा सोमबार बिहान ९ः३० बजे उज्वेकिस्तान र श्रीलंकाको खेलबाट प्रतियोगिता प्रारम्भ हुनेछ ।



    दिउँसो १२ बजे बंगलादेश र भारत, ४ः३० बजे नेपाल र किर्गिस्तान तथा साँझ ७ बजे माल्दिभ्स र कजाकस्तानबीच खेल हुनेछ । दुई समूहको राउन्ड रोबिन लिगपछि शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार