Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • एमाले सांसद योगेश भट्टराईलाई शब्दकोश पल्टाएर हेर्न देवेन्द्र पौडेलको आग्रह

    एमाले सांसद योगेश भट्टराईलाई शब्दकोश पल्टाएर हेर्न देवेन्द्र पौडेलको आग्रह

    अनलाइन नेपाल
  • सोमबार, ८ जेष्ठ २०८०
  • 870
    SHARES

    काठमाडौं । नीति तथा कार्यक्रममा जनयुद्ध शब्द राखेकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदबीच संसदमै सवाल जवाफ भएको छ ।

    नीति कार्यक्रममाथिको छलफलमा एमाले सांसद योगेश भट्टराईले जनयुद्ध शब्द राखेको भन्दै आपत्ति जनाएपछि माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले जवाफ फर्काएका हुन् ।



    सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा सोमबार एमाले सचिव योगेश भट्टराईले नीति तथा कार्यक्रमको पहिलो बुँदामा नै जनयुद्ध शब्द राखेकामा आपत्ति जनाएका थिए ।



    संविधान निर्माणपछि जनयुद्ध शब्द कुनै पनि सरकारी दस्ताबेजमा नरहेको भन्दै उनले तर, राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्दा उक्त शब्द वाचन गराइएको भन्दै कांग्रेसको पनि आलोचना गरे।

    भट्टराईपछि संसदमा आफ्नो धारणा राखेका पौडेलले भट्टराईलाई शब्दकोश पल्टाएर हेर्न आग्रह गरे । जनता सहभागी भएर गरेका आन्दोलन र युद्धलाई नै जनआन्दोलन र जनयुद्ध भनिने भन्दै पौडेलले भट्टराईलाई डिस्नेरी हेर्न सुझाव दिएका हुन्।

    नेपाली जनतालाई सार्वभौम बनाउन र संविधानसभाबाट संविधान बनाउन जनयुद्ध लडिएको भन्दै पौडेलले जनयुद्धकै कारण एकात्मक राजतन्त्र अन्त्य भएर संघीय गणतन्त्र प्राप्त भएको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार