Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • रास्वपा सांसद स्वर्णिम वाग्लेले भने – नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज

    रास्वपा सांसद स्वर्णिम वाग्लेले भने – नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज

    अनलाइन नेपाल
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 549
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई परम्परा धान्न ल्याइएको दस्तावेजको संज्ञा दिएका छन् ।

    मंगलबार नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सांसद वाग्लेले सरकारलाई यथार्थपरक बजेट ल्याउन आग्रह गरेका हुन्।



    सांसद वाग्लेले भने, ‘नीति तथा कार्यक्रमबारे आरोप(प्रत्यारोप भइरहेको छ । तर, हामी रचनात्मक प्रतिपक्ष बन्छौं । यो परम्परा धान्नलाई ल्याएको एउटा दस्तावेज हो । र, परम्परा पनि धानिएको छ । नविनता, ऊर्जा, प्रेरणा, महत्वाकांक्षा इत्यादिका कसीमा राम्रो गर्न सकिन्थ्यो होला । ’



    उनले जेठमा ठूलो बजेट ल्याउने र माघमा साइजमा लैजाने प्रवृत्ति हटाउनुपर्ने बताए । वाग्लेले क्रमभंगतालाई क्रमभंगतामा लैजाने ढंगले काम गर्नुपर्ने बताए । नीति तथा कार्यक्रमका १८८ निर्जीव प्याराग्राफलाई टाइअप गरेर बजेट ल्याउनुपर्ने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार