Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • सेयर बजारमा फर्कियो उत्साह, नेप्से ५१ अंकले वृद्धि हुँदा २ अर्ब नाघ्यो कारोबार

    सेयर बजारमा फर्कियो उत्साह, नेप्से ५१ अंकले वृद्धि हुँदा २ अर्ब नाघ्यो कारोबार

    अनलाइन नेपाल
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 381
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक २.७१ प्रतिशतले बढेको छ । आज ५१.३१ अंकले बढेर १९४२.६३ बिन्दु कायम भएको छ ।

    गत साताको सोमबार नेप्सेमा एकल अंकको सामान्य गिरावट भएर बन्द भएको नेप्से त्यसयता लगातार ६ कारोबार दिनसम्म बढेको छ ।



    बजार यसरी उल्लासपूर्ण रुपमा बढ्दा कुल दुई अर्ब २० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर किनबेच भएको छ । जसमा सबैभन्दा बढी शिवम् सिमेन्टको १० करोड रुपैयाँ कारोबार भएको छ ।



    यसदिन कालिका लघुवित्त, खप्तड लघुवित्त, आत्मनिर्भर लघुवित्त र सामुदायिक लघुवित्तका शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार