Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सुदूरपश्चिमका मुख्यमन्त्री सहितको टोली र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

    सुदूरपश्चिमका मुख्यमन्त्री सहितको टोली र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, १० जेष्ठ २०८०
  • 318
    SHARES

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहितको टोली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

    भेटमा मुख्यमन्त्री शाहले आगामी बजेटमा सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर प्रदेशका ठूला तथा गौरवका आयोजनालाई अगाडी बढाउन आग्रह गरेको बताइएको छ ।



    यस्तै मुख्यमन्त्री शाहको सचिवालयका अनुसार गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन लगायत समग्र सुदूरपश्चिमको विकासका सवालमा छलफल भएको छ ।



    संघीय सरकारको आँखामा सुदूरपश्चिम पछाडि पारिएको र स्रोत बाँडफाँटमा बहिष्करणमा नै पारिएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारको प्रतिनिधिमण्डल केही दिन अगाडि डेलिगेसनका लागि काठमाडौं पुगेको थियो ।

    प्रतिनिधिमण्डलमा मुख्यमन्त्री कमलबहादुर शाह, प्रमुख प्रतिपक्षी दलका नेता राजेन्द्रबहादुर रावल, सभामुख भीमबहादुर भण्डारी, मन्त्रीहरू लगायत रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार