Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कांग्रेस सांसद चन्द्र भण्डारी र ओलीबीच भेट

    कांग्रेस सांसद चन्द्र भण्डारी र ओलीबीच भेट

    अनलाइन नेपाल
  • बुधबार, १० जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र जलनको घटनापछि पहिलोपटक संसद्मा पुगेका कांग्रेस सांसद चन्द्र भण्डारीबीच भेट भएको छ ।

    बुधबार नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएपछि सभामुखको कार्यकक्षमा रहेका भण्डारीलाई ओलीले भेटेका हुन् ।



    भेटमा सांसद भण्डारीले आफूलाई स्वास्थ्यलाभको कामना गरेकोप्रति आभार व्यक्त गरे । ओलीले भण्डारी सञ्चो भएर आएपछि आफूलाई खुसी लागेको बताए ।



    भण्डारी गत फागुन ३ मा आफ्‍नै निवास बुद्धनगरमा ग्यास लिक भई आगोलागी हुँदा घाइते भएका भण्डारीलाई फागुन ४ मा थप उपचारका लागि भारत लगिएको थियो।

    उनी भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराएर गत वैशाख १७ मा स्वदेश फर्किएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार