Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • रास्वपा प्रवक्ता ढकालको चुनौती – पैसा लिएको पुष्टि गर्नू, जस्तोसुकै सजाय भोग्न तयार छु

    रास्वपा प्रवक्ता ढकालको चुनौती – पैसा लिएको पुष्टि गर्नू, जस्तोसुकै सजाय भोग्न तयार छु

    अनलाइन नेपाल
  • बुधबार, १० जेष्ठ २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले ढाकाकुमार श्रेष्ठबाट दुई करोड ८४ लाख पैसा लिएको पुष्टि भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका छन् ।

    उनले बुधबार राति सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । उनले मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन सकिन्छ कि भनेर समाचार सार्वजनिक गरिएको भन्दै पैसा लिएको पुष्टि भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताए ।



    केही सञ्चारमाध्यममा आफू र पार्टी उपसभापति डीपी अर्यालले श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचारको पुष्टि गर्नसमेत उनले चुनौती दिए ।



    उनले आरोप लगाइएको दुई करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दाबी गरी मुद्दा दर्ता गर्ने र अदालतले दिने क्षतिपूर्ति रास्कोट अस्पताललाई सहयोगार्थ दिनेसमेत बताए ।

    ‘केहि सञ्चार माध्यममा मैले र पार्टी उपसभापति डीपी अर्यालले ढाकाकुमार श्रेष्ठसँग दुई करोड ८४ लाख मागेको भनेर समाचार आएकोमा गम्भीर ध्यानाकर्षण भएको छ । यो हाम्रो मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन सकिन्छ कि भनेर सार्वजनिक गरिएको देखिन्छ । यसलाई कसैले पुष्टि गर्छ भने हामी जस्तो सुकै सजाय भोग्न तयार छौँ । यसबाट हामीले हाम्रो मानहानी भएको महसुस गरेको हुँदा अदालतमा मानहानीको मुद्दा दर्ता गर्दै छौँ । आरोप लगाइएको दुई करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दाबी गरी मुद्दा दर्ता गर्नेछौँ र अदालतले दिने क्षतिपूर्ति रास्कोट अस्पताललाई सहयोगार्थ दिनेछौँ,’ उनले लेखेका छन् ।

    विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड ५० लाख रुपैयाँ मागेको टेलिफोन संवाद बाहिरिएपछि कारबाहीमा परेका डा. ढाकाकुमारले सभापति रवि लामिछाने निकट डीपी अर्याल र ढकाललाई पार्टी कार्यालय र रेष्टुराँमै पुगेर पैसा दिएको दाबी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार