Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • मन्त्री शर्मा भन्छिन्- शासकीय व्यवस्थाका कमजोरी सुधार गरि उपलब्धिलाई संस्थागत गर्नुपर्छ

    मन्त्री शर्मा भन्छिन्- शासकीय व्यवस्थाका कमजोरी सुधार गरि उपलब्धिलाई संस्थागत गर्नुपर्छ

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शासकीय व्यवस्थामा भएका कमीकमजोरीलाई सुधार गर्दै मुलुकको उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने बताएकी छिन् ।

    गणतन्त्र दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित तस्बिर प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो धारणा राखेकी हुन् ।



    मन्त्री शर्माले गणतन्त्रमा देखिएको समस्याहरू समाधान हुँदै जाने भएकाले यसको विकल्प पश्चगमन हुन नसक्ने भन्दै प्राप्त उपलब्धिहरूमाथि विभिन्न तवरबाट हुने प्रहारलाई रोक्न कमजोरीलाई सुधारेर लैजानुपर्ने बताईन् ।



    गणतन्त्र दिवस मनाइरहँदा २००७ साल यता भएका त्याग, बलिदान र आन्दोलन लगायतका संघर्षलाई भुल्न नहुने उनले तर्क गरिन् ।

    जेठ १७ गतेसम्म चल्ने प्रदर्शनीमा सातै प्रदेश एवं काठमाडौं उपत्यकाका गरी ७७ तस्बिर राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार