Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइयो

    जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइयो

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौं । ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा रथ रहेको ठाउँ जावलाखेलमा भोटो देखाइएको हो ।

    भोटो जात्रामा सहभागी हुन उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, मन्त्रीहरु, ललितपुरका सांसद लगायत सरकारका उच्च पदस्थ व्यक्ति पनि जावलाखेल पुगेका थिए ।



    काठमाण्डौ उपत्यकाकै सबैभन्दा लामो र ऐतिहासिक जात्रा रातो मच्छिन्द्रनाथको भोटो देखाइने भएकाले आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।



    भोटो जात्राका अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । अघि दिउँसो हावाहुरीसँगै केहीबेर परेको पानीले प्रसाद ग्रहण गर्ने कार्यक्रम प्रभावित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार