Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ढाकाकुमारको प्रष्टीकरण – सांसद बन्न तीन करोड बुझाएको छैन्, समाचार भ्रामक र तथ्यहीन

    ढाकाकुमारको प्रष्टीकरण – सांसद बन्न तीन करोड बुझाएको छैन्, समाचार भ्रामक र तथ्यहीन

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 591
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद डा. ढाकाकुमार श्रेष्ठले आफू समानुपातिक सांसद बन्न पार्टीलाई तीन करोड बुझाएको भन्ने समाचार आधारविना भ्रामक र तथ्यहीन भएको प्रष्टीकरण दिएका छन् ।

    बिहीबार विज्ञप्ति जारी गर्दै निलम्बित सांसद डा. श्रेष्ठले तीन करोड बुझाएको भन्ने समाचारमा सत्यता नरहेको प्रष्टीकरण दिएका हुन् । उनले विभिन्न मिडियाले कपोलकल्पित र तथ्यहीन समाचार सम्प्रेषण गरेको भन्दै आपत्ति जनाए ।



    यो विषयमा आफूले कुनै मिडियामा नबोलेको भन्दै उनले यो समाचारले आफूलाई नैतिक समस्यामा पारेको बताए ।



    ‘आधारविना भ्रामक र तथ्यहीन समाचार बनाएर आफू र आफ्नो पार्टीको चरित्रहत्या गरे कानूनी प्रक्रियामा जान बाध्य हुनेछु’, उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार