Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • आईपीएल : फाइनल प्रवेशका लागि मुम्बई र गुजरात भिड्दै

    आईपीएल : फाइनल प्रवेशका लागि मुम्बई र गुजरात भिड्दै

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 420
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) को दोस्रो क्वालिफायरमा आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच खेल हुँदैछ ।

    अहमदाबादमा नरेन्द्र मोदी रंगशालामा नेपाली समय अनुसार साँझ पौने ८ बजे शुरु हुनेछ । यो खेलको विजेता टोली फाइनलमा पुग्ने छ भने पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने छ ।



    यो गुजरात टाइटन्सको घरेलु मैदान हो। साबिक विजेता गुजरात पहिलो प्ले अफमा चेन्नई सुपुरकिंगसँग पराजित भएको थियो ।



    मुम्बईले पहिलो क्वालिफायरमा लखनउ सुपरजायनटलाई ८१ रनले पराजित गरेको थियो । आजको विजेताले उपाधिका लागि आइतबार चेन्नईसँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार