Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • नेपाली राजनीतिमा बाह्य हस्तक्षेप, रास्वपा कार्यालय किन पुग्यो चिनियाँ दूतावासको टोली ?

    नेपाली राजनीतिमा बाह्य हस्तक्षेप, रास्वपा कार्यालय किन पुग्यो चिनियाँ दूतावासको टोली ?

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 774
    SHARES

    काठमाडौं । नेपालको राष्ट्रिय राजनीतिमा पछिल्लो समय बाह्य हस्तक्षेप बढेको स्वंयम नेताहरु बताउँदै आएका छन् । अन्तर्राष्ट्रिय शक्तिहरुको चलखेल कै कारण नेपालमा बेला बेला सत्ता समिकरण फेरबदल हुँदै आएको छ ।

    नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको आवाज उठिरहेको बेला नेपालस्थित चिनियाँ दूतावासको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालय पुगेको छ ।



    बिहीबार रास्वपा केन्द्रीय कार्यालय बसुन्धारामा चिनियाँ दूतावासका डिसिएम श्री वाङ शिनसहितको टोली पुगेको थियो । सो टोलीले रास्वपा नेताहरूसँग छलफल गरेको छ । छलफलमा रास्वपाका तर्फबाट उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावल थिए ।



    भेट कूटनीतिक शिष्टाचार मात्रै भएको रास्वपाको दाबी छ । भेटमा नेपाल–चीनका आपसी चासोका विषयमा छलफल भएको बताइएको छ । आन्तरिक राजनीतिमा बाह्य चलखेल हुन नदिने भन्दै आवाज उठाउँदै आएको रास्वपाको कार्यालयमै चिनियाँ दूतावासको टोली पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार