Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • चीन भ्रमणमा रहेका माओवादी उपाध्यक्ष सापकोटा र सीपीसी विदेश विभाग प्रमुखबीच भेट

    चीन भ्रमणमा रहेका माओवादी उपाध्यक्ष सापकोटा र सीपीसी विदेश विभाग प्रमुखबीच भेट

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 648
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यान छाओबीच भेट भएको छ ।

    चीन भ्रमणमा रहेका सापकोटा नेतृत्वको माओवादी पार्टी प्रतिनिधिमण्डल र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ नेतृत्वको टोलीबीच चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको हो ।



    उनीहरूबीच सुरुमा एक्लाएक्लै र त्यसपछि समूहमा छलफल भएको छ । दुईपक्षीय छलफल दुई देश र दुई पार्टीको सम्बन्धका विषयमा केन्द्रित भएको बताइएको छ ।



    भेटमा चिनियाँ विदेश विभाग प्रमुख लिउले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले लिएको आर्थिक विकास र समृद्धिको लक्ष्यमा चीनले निरन्तर सहयोग गर्ने बताएको र जवाफमा उपाध्यक्ष सापकोटाले चीन नेपालको छिमेकीमात्र नभएर विकास साझेदार समेत भएको चर्चा गर्दै नेपालको आर्थिक सामाजिक विकासमा पुर्‍याएको सहयोगका लागि चीनलाई धन्यवाद दिएका थिए ।

    यही जेठ ५ गते सापकोटाको नेतृत्वमा २० सदस्यीय माओवादी टोली चीन प्रस्थान गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार