Online Nepal
  • बुधबार, २४ जेष्ठ २०८०
  • रेशम चौधरीलाई आममाफी दिने विषय राजनीतिक सौदावाजी हो : चित्रबहादुर केसी

    रेशम चौधरीलाई आममाफी दिने विषय राजनीतिक सौदावाजी हो : चित्रबहादुर केसी

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 321
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले रेशम चौधरीलाई आममाफी दिन वर्तमान सरकारले अघि बढाएको प्रक्रियाको विरोध गरेका छन् ।

    अध्यक्ष केसीले आज विज्ञप्ति जारी गर्दै चौधरीलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने बताएका हुन् ।



    टिकापुर काण्डमा दोषी ठहर भई सर्वस्वसहित जन्मकैदको सजायँ भोगिरहेका चौधरीलाई प्रचण्ड नेतृत्वको वर्तमान सरकारले गणतन्त्र दिवसको दिन आममाफी दिने प्रक्रिया अघि बढाएको छ ।



    अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘टिकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना थियो । त्यो घटनाका मुख्य नाइकेलाई गणतन्त्र दिवसको उपलक्ष्यमा आमाफी दिइ कैद मिनाहा गराउन सरकारले अगाडि बढाएको प्रक्रिया आफ्नो सरकार टिकाउन गरिएको राजनीतिक लेनदेन वा सौदावाजी मात्र हो।’

    थरूहट थारूवानले कैलालीको टिकापुरमा गरेको आन्दोलनले हिंसात्मक रूप लिँदा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो । त्यसको प्रमुख योजनाकारको रूपमा चौधरी १५ फागुन, २०७४ देखि थुनामा छन् ।

    उनलाई अदालतले तोकेको जन्मकैदको सजाय अनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने थियो । माफी मिनाहाको प्रक्रिया कार्यान्वयन भए उनले करिब १५ वर्ष कैद सजाय मिनाहा पाउनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार