Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • भुटानी शरणार्थी प्रकरणको मुद्दा न्यायाधीश न्यौपानेको इजलासमा

    भुटानी शरणार्थी प्रकरणको मुद्दा न्यायाधीश न्यौपानेको इजलासमा

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ ।

    काठमाडौं जिल्ला अदालतमा दायर ठगी, लिखत कीर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दा २५ नम्बर इजलासमा न्यायाधीश न्यौपानेको इजलासमा परेको हो ।



    जिल्ला सरकारी वकिलको कार्यालयल काठमाडौंले बुधबार नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध चार अभियोगमा मुद्दा दायर गरिसकेको छ।



    प्रहरीको अनुसन्धान प्रतिवेदन प्राप्त गरेपछि सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध राज्यविरुद्ध अपराध, संगठित अपराधत्र, ठगी र सरकारी लिखत कीर्ते कसुरमा मुद्दा दायर गरेको हो।

    सो मुद्दामाआजबाट न्यायाधीशसमक्ष बयान सुरु हुन लागेको छ। बयान र थुनछेक प्रयोजनका लागि न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पेसी तोकिएको छ । गोला प्रकृयाबाट भएको पेसीमा न्यायाधीश न्यौपानेको इजलासमा उक्त मुद्दा परेको हो ।

    नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै सरकारी संयन्त्रमै रहेका पदाधिकारीको मिलेमतोमा १४५ जनाभन्दा बढीसँग २८ करोड ८४ लाख ठगी भएको थियो ।

    सोही प्रकरणमा मिलेमतो गरी ठगी गरेको भन्दै प्रहरीमा जाहेरी परेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको रायसहितको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा चलाउन राय दिएको थियो ।

    मुद्धा दायर गरिएकाहरुमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, खाँणका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी, पूर्वसभासद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप, मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी, मोरङका सागर थुलुङ राई, पाँचथरका टंक गुरुङ, दाङका सन्देश शर्मा पोखरेल, सुनसरीका गोविन्द चौधरी, काठमाडौंका रामशरण केसीलगायत १६ जना रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार