Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • फ्राइडे रिलिज : सिनेमा हलमा लागे ‘टुल्की’ र ‘हुक्का’

    फ्राइडे रिलिज : सिनेमा हलमा लागे ‘टुल्की’ र ‘हुक्का’

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 594
    SHARES

    काठमाडौं । आज शुक्रवार सिनेमाहलमा दुई भिन्न विशेषता बोकेको मौलिक नेपाली फिल्महरु प्रदर्शन भएका छन्। फिल्म हुन्, ‘हुक्का’ : एन एब्सर्ड ड्रिम’, तथा ‘टुल्की’ ।

    शम्भू थापाद्वारा निर्देशित ‘हुक्काः एन एब्सर्ड ड्रिम’ को कथावस्तु अग्रजले प्रयोग गर्ने हुक्कासँग जोडिएको मनोविज्ञानमा आधारित छ ।



    स्पाइनी बाबलर क्रिएसनले हृयासट्याग नेपालसँगको सहकार्यमा निर्माण गरेको ‘हुक्का’ मा प्रमिला खनाल, प्रकाश घिमिरे र तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिसा विक, सन्तोषकुमार आत्रेयलगायतका कलाकारको अभिनय छ ।



    साथै बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ मा नेपालको हिमाली भेगको केही ठाउँमा चलिआएको बहुपति प्रथालाई देखाइएको छ ।

    चलचित्रको निर्देशन देवजङ्ग थापा तथा छायाँङ्कन सुशील अधिकारी र नवराज घिमिरेले गरेका छन्।

    शेखर लामाको प्रस्तुतिमा निर्माण भएको सो चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्माताको भूमिकामा छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार