Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • भौतिक पूर्वाधार मन्त्रीद्वारा नागढुंगा–नौबिसे सुरुङमार्गको अनुगमन

    भौतिक पूर्वाधार मन्त्रीद्वारा नागढुंगा–नौबिसे सुरुङमार्गको अनुगमन

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 735
    SHARES

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आज निर्माणाधीन नागढुंगा–नौबिसे सुरुङमार्गको अनुगमन गरेका छन् ।

    मन्त्री ज्वाला शुक्रबार विहान ७ बजे प्राविधिक टोली लिएर नागढुङ्गा सुरुङ्गमार्गको निर्माणमा भएको प्रगति र अवस्थाबारे स्थलगत अवलोकनमा पुगेका थिए ।



    अनुगमनका क्रममा मन्त्री ज्वालाले तोकिएकै मितिमा सम्पन्न गर्ने गरी काम गर्न निर्देशन दिएका छन् ।



    सुरुङमार्गको मुख्य टनेल छ सय मिटर र रेस्क्यु टनेल दुई सय मिटर खन्न बाँकी छ । आउँदो दशैँसम्म मुख्य टनेल जोडिसक्ने र रेस्क्यु टनेल छिट्टै जोड्ने तयारी छ ।

    सुरुङमार्गको निर्माण कार्य जापानी कम्पनीले गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार