Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • लागूऔषधसहित कैलालीबाट चार जना पक्राउ

    लागूऔषधसहित कैलालीबाट चार जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 504
    SHARES

    संकेतिक तस्विर

    धनगढी । प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले धनगढी उपमहानगरपालिका क्षेत्रबाट तीन र टीकापुर नगरपालिका क्षेत्रबाट एक गरेर गरेर चार जनालाई पक्राउ गरेको हो ।

    धनगढीबाट दुई ग्राम लागुऔषध ब्राउनसुगरसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ बस्ने २० वर्षीय रोशन भट्ट, १९ वर्षीय १९ गणेश बोहरा र २५ वर्षीय बिनय राजबंशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    वडा प्रहरी कार्यालय धनगढी र प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई शंकाका आधारमा जाँच गर्दा पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।



    यस्तै टीकापुर नगरपालिका वडा नम्बर ९ खर्गौलाबाट २१ वर्षीय दीपेश चन्दलाई खैरो हिरोइनसहित पक्राउ गरिएको छ ।

    जानकी गाउँपालिका वडा नम्बर ४ स्थायी घर भएका दीपेशको साथबाट ५ ग्राम लागुऔषध खैरोहिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार