Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • एमालेको विरोधपछि माओवादी सचेतक पाण्डेले भने- संसदमा आफ्नो कुरा राख्न पाइन्छ

    एमालेको विरोधपछि माओवादी सचेतक पाण्डेले भने- संसदमा आफ्नो कुरा राख्न पाइन्छ

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 867
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरोध गरेपछि नेकपा माओवादी केन्द्रले संसद्लाई व्यवस्थित ढङ्गबाट अगाडि बढाउन सहयोग गर्न आग्रह गरेको छ ।

    नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सार्वभौम संसदमा सबैले आफ्नो कुरा राख्न पाइने बताए ।



    उनले भने, ‘भ्रष्टाचार भइरहेको विषयलाई छानबिन गर्नुपर्ने हुन्छ । सरकारले आफ्नो कुरा राख्छ । आज प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम छ । उहाँले आफ्नो कुरा राख्नुहुन्छ ।’



    सत्ता पक्षका सांसदहरूले प्रतिपक्षी दलका नेताले भ्रष्टाचार गरेको भनेर निराधार आरोप लगाएको भन्दै एमाले सांसदहरूले बैठकमा अवरोध सिर्जना गरेपछि बैठक २० मिनेटका लागि स्थगित गरिएको छ ।

    एमालेले भने प्रमुख प्रतिपक्षी दलको नेतालाई भ्रष्टाचारको आरोप लगाएको भन्दै सरकारबाट जवाफ नआएसम्म प्रतिनिधिसभा बैठक सञ्चालन गर्न नदिने बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार