Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पशुपतिको जलहरी प्रकरणमा सरकारले जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न दिदैनौँ : पदम गिरी

    पशुपतिको जलहरी प्रकरणमा सरकारले जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न दिदैनौँ : पदम गिरी

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 633
    SHARES

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रमुख प्रतिपक्षी दलको नेतालाई भ्रष्टाचारको आरोप लगाएको भन्दै सरकारबाट जवाफ नआएसम्म प्रतिनिधिसभा बैठक सञ्चालन गर्न नदिने बताएका छन् ।

    प्रमुख सचेतक गिरीले पशुपतिमा लगाइएको जलहरीमा सुनको सट्टा पित्तलको प्रयोग भएको वा नभएको भन्ने विषयमा सरकारले पहिले प्रस्ट पार्नुपर्ने बताएका हुन् ।



    प्रमुख सचेतक गिरीले भने, ‘भ्रष्टाचारी जुनसुकै रूप र रंगका हुन्, जुनसुकै क्षेत्रका हुन्, सबै खालका भ्रष्टाचारीको मनोबल गिराउनुपर्ने अवस्था आएको छ । यहाँ त बिनाआधार, बिनाप्रमाण प्रमुख प्रतिपक्षी दलका नेतालाई इङ्गित गरेर भ्रष्टाचारको आरोप लगाइन्छ । सत्ता पक्षका सांसदले पशुपतिमा जलहरी लगाउने विषयमा सुनको बदला पित्तलको प्रयोग भयो भनेर बिनाआधार गम्भीर भ्रष्टाचारको आरोप लगाउनुभएको छ । हामी सरकारले यसको जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न दिदैनौँ ।’



    आफूहरूलाई लगाइएको आरोपबारे सरकारबाट जवाफ नआएसम्म प्रतिनिधिसभा बैठक सञ्चालन गर्न नदिने उनको भनाई छ । प्रमुख सचेतक गिरीले पशुपतिमा लगाइएको जलहरीमा सुनको सट्टा पित्तलको प्रयोग भएको वा नभएको भन्ने विषयमा सरकारले पहिले प्रस्ट पार्नुपर्ने माग गरे ।

    माओवादी सांसद लेखनाथ दाहालले जेठ १० गते प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा रहँदा यती, ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्रीमा अनियमितता भएको र पशुपतिमा जलहरी लगाउने क्रममा सुनको साटो पित्तल प्रयोग भएको दाबी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार