Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • लुम्बिनी प्रदेश सरकारको दोस्रो अधिवेशनको पहिलो बैठक सुरु

    लुम्बिनी प्रदेश सरकारको दोस्रो अधिवेशनको पहिलो बैठक सुरु

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 741
    SHARES

    बुटवल  । लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशनको पहिलो बैठक प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा आजदेखि शुरु भएको छ ।

    बैठक प्रारम्भसँगै लुम्बिनी प्रदेशका सरकारका सभामुख तुलसीराम घर्तीले प्रदेशसभा आह्वान र वर्तमान सरकारको मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्र वाचन गर्दै बैठकमा सहभागी सासंदहरुको बोल्ने समय निर्धारण गरी सुनाएका थिए ।



    यसैगरी मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले “लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने र सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने र छलफलमा उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्रीले दिने कार्यसूची रहेको छ ।



    यस अधिवेशनमा आउदो वर्षका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याइने छ । त्यसका लागि जेठ १५ भिक्रमा सरकारका नीति तथा कार्यत्रमका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुपर्ने कानुनी बाध्यता छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार