Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • जापानमा चार जनाको हत्या आरोपमा सभामुखका छोरा पक्राउ

    जापानमा चार जनाको हत्या आरोपमा सभामुखका छोरा पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 732
    SHARES

    एजेन्सी । जापानको नागानो प्रिफेक्चरको नाकानो नगरसभाका सभामुख मासामिची आओकीका ३१ वर्षीय छोरा मसानोरी आओकी पक्राउ परेका छन् ।

    दुई प्रहरी अधिकारीसहित चारजनाको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । उनले एक महिलालाई छुरा प्रहार तथा दुई प्रहरी अधिकारीमाथि गोली हानेर मारेको आरोप छ ।



    निजले अर्की एक महिलाको पनि हत्या गरेको अभियोग लगाइएको छ ।



    क्यामफ्लाज, टोपी र मास्क लगाएको अभियुक्तले घातक आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार