Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • बाबुराम भट्टराई भन्छन् – रेशमलाई माफी दिन र नागरिकता विधेयक जारी गर्न ढिला नगरौं

    बाबुराम भट्टराई भन्छन् – रेशमलाई माफी दिन र नागरिकता विधेयक जारी गर्न ढिला नगरौं

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरीलाई माफी दिन र नागरिकता विधेयक जारी गर्न ढिला गर्न नहुने टिप्पणी गरेका छन् ।

    शुक्रबार राति सामाजिक सञ्जाल ट्वीटरमार्फत डा. भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।



    उनले हजारौंको संख्यामा नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन संसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट छिटो जारी गर्न किन्तुपरन्तु गर्न नहुने बताए ।



    उनले भनेका छन् ‘रेशम चौधरी लगायतका टीकापुर थारू विद्रोहका नेताहरूलाई संविधानः कानून बमोजिम राष्ट्रपतिबाट माफीमिनाहा दिन र हजारौंको संख्यामा नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन संसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट छिटो जारी गर्न अब कुनै किन्तुपरन्तु नगरौं । लोकतन्त्र भनेको प्रक्रिया संगसंगै मुख्यतःजनतालाई न्याय र समानताको प्रत्याभूति गर्ने प्रणाली हो भन्ने नभूलौं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार