Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • नियमावली पारित भएलगत्तै संसदीय सुनुवाइ विशेष समिति गठन, कुन दलका को–को ?

    नियमावली पारित भएलगत्तै संसदीय सुनुवाइ विशेष समिति गठन, कुन दलका को–को ?

    अनलाइन नेपाल
  • आइतबार, १४ जेष्ठ २०८०
  • 969
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाले संयुक्त बैठक तथा समिति कार्यसञ्चालन नियमावली पारित गरेसँगै संसदीय सुनुवाइ समिति गठन भएको छ ।

    प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकले आइतबार नै संयुक्त बैठक र समिति सञ्चालन नियमावली पारित गरेको थियो ।



    संसदीय सुनुवाइ समितिमा कांग्रेसबाट रमेश लेखक, इश्वरीदेवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की परेका छन् । एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लिलानाथ श्रेष्ठ र इश्वरी जीएम संसदीय सुनुवाइ समितिमा परेका छन् ।



    यस्तै, माओवादी केन्द्रबाट जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाटडोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पशुपति शम्शेर जबरा, जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी पनि परेका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी तर्फबाट पशुपति शम्शेर जबरा सदस्य बनेका छन् । जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी सदस्य बनेका छन् ।

    समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रियसभाबाट ३ जना सदस्य रहने व्यवस्था छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार