Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • एकदिवसीय क्रिकेट विश्वकप छनोटका लागि नेपाली क्रिकेट टिमको घोषणा

    एकदिवसीय क्रिकेट विश्वकप छनोटका लागि नेपाली क्रिकेट टिमको घोषणा

    अनलाइन नेपाल
  • आइतबार, १४ जेष्ठ २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । एकदिवसीय विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ ।

    जिम्बाब्वेमा जुन १८ देखि सुरु हुने छनोटका लागि नेपाल क्रिकेट संघले आइतबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय राष्ट्रिय टिम सार्वजनिक गरेको हो ।



    प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले जुन १८ मा घरेलु टिम जिम्बाब्वेविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ ।



    यस्तै, जुन २० मा नेपालले अमेरिकासँग, जुन २२ मा वेस्टइन्डिजसँग र जुन २४ मा नेदरल्यान्ड्ससँग समूह चरणको अन्तिम खेल खेल्ने छ ।

    यस्तो छ नेपाली टिम :
    कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम शार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार